एनएमबि बैंकद्वारा बीमा रकम भुक्तानी


एनएमबि बैंकले गोरखा जिल्ला भिमसेन गाउँपालिका–३ तान्द्राकी गंगादेवी सापकोटालाई बीमा दाबी भुक्तानी गरेको छ। बैंकले गंगादेवीको छोराको जीवन बीमा बापतको क्षतिपूर्ति बीमा रकम सात लाख रुपियाँ हस्तान्तरण गरेको हो।

बैंकका कार्यकारी अधिकृत सुनील केसी तथा प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख, गणेश पराजुलीको उपस्थितिमा गोरखास्थित बैंकका जेष्ठ संस्थापक सदस्य धिरजबहादुर मास्केले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो।

उहाँको छोरा भुवनको गत साउन २६ गते आरुघाट गाउँपालिका, आरुआर्वाङको वायाक टोलमा बिजुलीको तार टाँग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो।