सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता


सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी इन्टरनेसनल अस्पताल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक विकासमान सिंहले हस्ताक्षर गर्नुभएको छ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा संस्थापक शेयरधनीलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौताअनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहक तथा बैंकका संस्थापक शेयरधनीले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउने बैंकले जनाएको छ।