सिद्धार्थ बैंकको शाखा थपिए


सिद्धार्थ बैंकले लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहा अवस्थित गोलबजार शाखा र लहान शाखाको पनि सञ्चालनमा ल्याएको छ।

बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर मुनि शाह सुडीबाट भएको थियो।

उक्त लुम्बिनी शाखा विस्तारपश्चात सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ। बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १९५ एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनका साथै बैंकले बंैकिङ सेवा प्रदान गरेको छ।