सन्राइज बैंकको मास्टर कार्डसँग सहकार्य


सन्राइज बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टर कार्डसँग सहकार्य गरेको छ। बैंकले यसअघि नै भिसा तथा युनियन पे ब्रान्डका कार्डहरू जारी गर्दै आफ्ना एटीएम र प्वान्इन्ट अफ सेलमार्फत भिसा कार्ड स्वीकार गर्दै आएको छ। नेपाल भ्रमण गर्ने अधिकांश युरोपेली पर्यटकले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्रान्डका कार्ड स्वीकार गर्ने एटीएम नेपालमा न्यून रहेका छन्।

सन््राइज बैंकको यस सेवाले पर्यटकहरूलाई एटीएममार्फत रकम निकाल्न सहज हुने विश्वास गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमानै बैंकले शुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको छ।

अत्याधुनिक पेमेन्ट सिस्टमसहित नवीनतम् सेवा दिने उद्देश्यका साथ बैंकले निकट भविष्यमा मास्टर कार्ड ब्रान्डका कार्ड जारी गर्ने तथा पोइन्ट अफ सेलमार्फत समेत मास्टर कार्ड स्वीकार गर्नको लागि आवश्यक पहल गरिसकेको छ।