विषाक्त रक्सीले आठको ज्यान लियो

0
Shares

मनिला, (एजेन्सी)।

नरिवलबाट बनेको स्थानीय विषाक्त रक्सी सेवनको कारण सोमबार फिलिपिन्समा कम्तिमा आठजना मानिसको ज्यान गएको छ।
यस घटनामा बिरामी परेका ३ सय ज भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ।

स्थानीय सञ्चार माध्यमले फिलिपिन्सका विभिन्न शहरका मानिस यस दुर्घटनाको सिकार भएको तर तिनीहरू सबैले एउटै पसलबाट स्थानीय स्तरमा ‘लाम्बानोग’ नामले चिनिने सो रक्सी खरिद गरेको जनाएको छ। तिनीहरूमा अचानक निकै पेट दुख्ने तथा रिंगटा लाग्नेजस्ता समस्या देखा परेका थिए।

करिब ४० प्रतिशत अल्कोहोलको मात्रा रहेको अवैध ढंगले तयार पारिने यो रक्सी प्रायश सबैले प्रयोग गर्ने गरेका थिए। प्रहरीले अधिकांश पिडित राजधानी मनिलादेखि दक्षिण पुर्वमा पर्ने लागुना प्रान्तको रिजाल शहरका वासिन्दा रहेको बताएको छ।

बाँकी नजिकैको क्वेजोन प्रान्तका वासिन्दा रहेको बताइएको छ। न्युज आउटलेट एबिएस–सिबिएनका अनुसार लाम्वानोग उत्पादन गर्ने व्यक्तिले सरकारी निकाय समक्ष आत्मसमर्पण गरिसकेका छन्।