यार्सागुम्बा सहित तीन पक्राउ

0
Shares

काठमाडौं, (नेस) ।

चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट ४ किलो २ सय ४५ ग्राम अवैध यार्सागुम्बासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दार्चुला दुहम गाउँपालिका–५ का ४८ वर्षीय गर्जेसिंह महरा, भारत उत्तराखण्ड ग्राम लत्ताका ३२ वर्षीय प्रेम सिंह र भारत उत्तराखण्ड ग्राम सल्नाका ३२ वर्षीय हरिश सिंह रहेका छन्।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले यूके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपुर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने क्रममा चालकको सिट पछाडिको सिटहरूको दुवै साइडमा रहेको बोतल स्ट्यान्डमा उक्त परिमाणको यार्सागुम्बा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई बरामद सवारी साधन र यार्सागुम्बासहित आवश्यक तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।