बसको ठक्करबाट विद्यार्थीको मृत्यु

0
Shares

काठमाडौं, (नेस)।

चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बीबीएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ। सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा४ख ५९२० नम्बरको बसले सोमबार बिहान ५ः३० बजे ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीले बा४ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन्। आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ। उक्त घटनापछि चावहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो।