भारतीय दूतावासको सहयोगमा छात्रावास

0
Shares

काठमाडौं, (नेस)।

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कूलमा छात्राका लागि नयाँ छात्रावास सञ्चालनमा आएको छ। काठमाडौंस्थित भारतीय दूतावासको सहयोगमा निर्माण भएको छात्रावासको भारतीय दूतावासका उपनियोग प्रमुख डा. अजय कुमारले आइतबार उद्घाटन गर्नुभएको छ।

३२ कोठासहितको दुई तले भवन ४ करोड ४२ लाख रुपियाँको आर्थिक सहयोगमा निर्माण भएको दूतावासले जनाएको छ। छात्रावासमा वार्डेनका लागि एउटा छुट्टै कक्ष, प्रत्येक तलामा फर्निचरका साथै स्नानघर र सरसफाइको सुविधा उपलब्ध रहेको बताइएको छ।

कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा अवस्थित सो विद्यालय सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले स्थापना भएको हो। विद्यालय सन् २००५ मा स्थापना भएको हो।

भवन उद्घाटनका अवसरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का लगायतका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो।