घरेलु मदिरा नष्ट

0
Shares

पाल्पा, (नेस)।

पाल्पा प्रहरीले घरेलु मदिराविरुद्धको अभियानलाई तिव्रता दिँदै जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरेको छ। विभिन्न स्थानबाट विभिन्न समयमा जफत गरिएको मदिरालाई प्रहरीले ढलमा बगाइ नष्ट गरेको हो।

जिल्लाको बगनासकाली, तिनाउ, तानसेनलगायतका स्थानबाट लुकीछिपी बिक्रीका लागि ल्याइएका घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको थियो। पत्रकार, प्रहरी, नागरिक समाजको रोहबरमा रक्सी ढलमा बगाइएको हो।

पटक/पटक सचेत गराउँदासमेत गाडीमै राखेर बिक्री गर्न ल्याएको १ सय ९० लिटर घरेलु रक्सी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घरेलु मदिरा बिक्री तथा उत्पादन गैरकानुनी भनेर प्रहरीले विभिन्न स्थानमा सचेतना कार्यक्रम गर्दै आएको छ। यद्यपि घरेलु मदिरा बिक्री वितरण भने रोकिएको छैन।

प्रहरीले समय समयमा घरेलु मदिरा बरामद गरी नष्ट गर्दै आएको भएपनि लुकिछिपी उत्पादन र बिक्री नरोकिएको प्रहरीको दाबी छ।