डोटीको छतीवनमा प्याराग्लाइडिङ परीक्षण सफल


विमल विष्ट, डोटी ।

डोटीको जोरायल गाउँपालिका वडा नं २ छतिवनमा आज प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर छतिवनमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । छतिवनको रिठा, बुडर, रुपसकाँडा लगायतका ठाउँमा प्याराग्लाइडिङ उडान सफल भएको प्याराग्लाइडिङको अमेजिङ एडभान्चर प्रालिका भुपेन्द्र कार्कीले जानकारी दिनुभयो । करिब चार ठाउँमा परीक्षण गरिएको प्याराग्लाइडिङ उडान रुपसकाँडामा सबैभन्दा राम्रो रहेको प्याराग्लाइडर सागर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्याराग्लाइडिङका लागि रुपसकाँडा उपयुक्त देखियो, राजमार्ग जनिकै भएकालेपनि पर्यटक आर्कसित हुन सक्छन् ।”

भ्रमण वर्ष २०२० को अवसरमा जिल्लाको शैलेश्वरी, बडीकेदार, खप्तड, छतिवन ताल, नापानी, छहरा झरना, गोलादेउ लगायतका ठाउँ घुम्न लायक छन् । जिल्लाको दिपायल विमानस्थलको कालोपत्रको काम करिब करिब अन्तिम चरणमा पुगेकोले हवाई उडान हुन सके आन्तरिक तथा बाह्य पर्यटक भित्रिन सक्ने सम्भावना बढेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्ष सफल पार्न स्थानीय तह अघि बढेको छ, भ्रमण वर्ष राम्रोसँग सफल पार्ने छौँ । छतिवनमा गरिएको प्याराग्लाइडिङको परीक्षण उडानले त्यहाँ आन्तरिक तथा वाहिय पर्यटक निकै तान्न सकिने छतिवन पर्यटन प्रबद्ध्न संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रमा पर्यटक लोल्याउने असंङ्ख्य ठाउँहरु छन, हिनेर समय लाग्ने ठाउँहरुमा अव हामी प्याराग्लाइडिङको माध्यमबाट छिटो अवलोकन गराउन सक्छौँ ।” भ्रमण वर्ष २०२० मा सुदूरपश्चिम भरीका कुन स्थानीय तहमा घुम्न र हेर्न लायक के के ठाउँ छन् त्यसको पहिचान गरेर प्रचारप्रसार गर्ने तयारी भइ रहेको सुदूरपश्चिम गाउँपालिका महासँघका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । डोटीमा दुइ नगरपालिका र सात वटा गाउँपालिका गरी कुल नौ वटा स्थानीय तह रहेका छन् ।

भ्रमण वर्ष २०२० सफल पार्नकालागि जिल्ला सबै स्थानीय तहले पर्यटकीयस्थलको गुरुयोजना बनाएर काम अघि बढाएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । भ्रमण वर्ष सफल पार्न जिल्लामा प्याराग्लाइडिङ, छतिवनताल तथा दिपालयको सेती नदीमा ¥याफ्टिङको काम अघि बढाइने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । छतिवनमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि प्याराग्लाइडिङको नियमित उडानका लागि विषेश पहल गरीने जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ, त्यसको निरन्तरा दिन हामी पहल चाल्ने छौँ ।”