सैनिकलाई पछार्दै प्रहरी विद्यालयले जित्यो महानिरिक्षक रनिङ्ग ट्रफि


मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल प्रहरी स्कुल साँगाको आयोजनामा भईरहेको २७ औ प्रहरी महानिरिक्षक फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ ।

फाईनल खेलमा सैनिक आवासिय महाविद्यालय भक्तपुरलाई शुन्यका विरुद्ध आयोजक विद्यालय नेपाल प्रहरी स्कुल ए टिमले तीन गोल गरी रनिङ्ग ट्रफि हात पारेको छ ।

विजयी टिमका लागि खेल शुरु भएको १४ मिनेटमै समिर वनले पहिलो गोल गरेका थिए भने श्रीहन गँडेलले ५४ मिनेटमा दोश्रो गोल गरेका थिए । तेश्रो गोल ७६ औ मिनेटमा विमोजित राजबंशीले गरेका थिए । खेलको म्यान अफ दि म्याच श्रीहन गँडेल घोषित भए ।

विजयी टिमलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगद ३० हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गर्नु भएको थियो । उप विजेता सैनिक आवासिय महाविद्यालय भक्तपुरले नगद २० हजार प्राप्त ग¥यो भने तृतिय पुरस्कार एसोएस बालग्राम बनेपाले १० हजार रुपैया प्रदान गरिएको थियो ।

म्यान अफ दि म्याच, फेयर प्ले, हाई स्कोर, प्लेयर अफ द टुर्नामेन्टलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा प्रहरी स्कुल ए टिमका गोलकिपर आनन्द श्रेष्ठ बेस्ट गोलकिपर घोषित भए । बेस्ट प्लेयरको उपाधी नेपाल प्रहरी स्कुलका बलराम यादवले प्राप्त गरेका थिए ।

हाईस्कोर सोहि विद्यालयका बिमोजित राजबंशीले प्राप्त गरे । बेलर स्कुलका खेलाडी अनुशासित घोषित भए ।

२७ औँ आइजीपी रनिङ्ग ट्रफीमा सैनिक महाविद्यालय, भक्तपुर, धुलिखेल इङ्लिस स्कुल, काभ्रेको एसओएस हर्मन स्कुल, बेलर इन्टरनेशनल स्कुल, बनेपा, जेम्स, ललितपुर, राजर्शीगुरुकुल र नेपाल प्रहरी विद्यालयका दुई वटा टिम समेत गरी आटवटा टिम सहभगी भएका थिए ।

गत वर्ष १२ टिमको सहभागिता रहेको थियो । सोहि वर्ष रनिङ ट्रफि सैनिक विद्यालयले हात पारेको थियो ।

फुटबल प्रतियोगिता शुरु हुनु अघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विद्यालयको ३९ कोठे मुख्य भवन सहित अन्य २ वटा भवनहरूको शिलान्यास सहित ब्वाइज होस्टेल र आवास भवनको उद्घाटन गर्नु भएको थियो ।