सहकारीद्वारा चार करोड लगानी


यमलाल भुसाल, बुटवल ।

अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–७ दिपनगरले विभिन्न क्षेत्रमा करिव चार करोड रुपियाँ क्रृण लगानी गरेको छ । ३ करोड ६३ लाख ५९ हजार ९ सय ४१ रुपियाँ निक्षेप संकलन गरेको सहकारीले ३ करोड ९२ लाख २१ हजार २ सय ३८ रुपियाँ विभिन्न क्षेत्रमा क्रृण लगानी गरेको हो ।

सहकारीको सोमबार बुटवलमा आयोजित १६ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनका अवसरमा सहकारीले आर्थिक वर्ष २०७५/७६ मा ५३ लाख १४ हजार ३५ रुपियाँ कुल आम्दानी गरेको जनाएको छ ।
सहकारीले पाँचलाख २ हजार ४ सय ८१ रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

साधारणसभाको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले छरिएर रहेको पुँजीलाई एकीकृत सहकारी बलियो र भरपर्दो माध्यम रहेको भन्दै संस्थाको आर्थिक सवलीकरणका लागि अन्य संस्थासँग एकीकरणमा जान सुझाव दिर्नु भयो ।

अहिले एक व्यक्ति धेरैवटा सहकारीमा रहँदा त्यसले वित्तीय अनुशासनमा असर गरेको भन्दै आफ्नै पुँजी एउटै सहकारीमा लगाउन र सहकारीको माध्यमबाट आधारभूत तहका नागरिकलाई आर्थिक समृद्धिसँग जोड्न उहाँले आग्रह गर्नु भयो ।

संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार डोलराज पाण्डेले विभिन्न चुनौती पार गर्र्दै संस्था अहिलेको अवस्थामा आइपुगेको भन्दै अव सहकारीले पुँजी वृद्धि गर्ने गरी योजनाका साथ अघि बढ्ने बताउनु भयो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष पवित्रादेवी गैरेले संस्थाको शेयर पुँजी र सदस्य थप गर्दै लैजाने र प्रतिष्पर्धी वित्तीय बजारलाई विश्लेषण गरी समयानुकुल बचत र क्रृणको व्याजदर तथा कर्जा लगानीको सिमा परिमार्जन गर्दै लैजाने बताउनु भयो ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष विष्णु पौडेलले संस्थाको शेयर पुँजी हाल ६२ लाख ५२ हजार ९ सय रहेकोमा आगामी वर्ष एक करोड पु¥याउने लक्ष्य रहेको जानकारी दिनु भयो ।

त्यस अवसरमा ज्येष्ठ नागरिक धनिकला पाठक, असल क्रृणि निर्मला महत, शेयर सदस्य छोराछोरीमध्ये शिक्षामा उत्कृष्ट हुने अनुपम पाण्डे र जस्मिन न्यौपानेलाई सम्मान गरिएको थियो ।