साइपाल अन्तिम आठमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

साइपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ब्रिजवाटर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगितामा साइपालले पिस प्वाइन्टलाई ५–४ गोलले पराजित गर्यो।

साइपालका गणेश थापा ‘म्यान अफ द म्याच’ घोषित भए। न्यु मिलिनियम र नेपालय पनि आ–आफ्नो खेल जित्दै अन्तिम आठमा पुगे। न्यु मिलिनियमले आदर्श जनप्रेमीलाई ३–० तथा नेपालयले साउथ वेस्टर्नलाई ४–१ गोलले हराए।