सीसीआरसी विजयी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सीसीआरसीले चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ। सीसीआरसीले टाइम्सलाई ५८–४१ ले पराजित गर्यो। सीसीआरसीका विश्वास राईले ११ अंक जोडे।

त्यस्तै एभरेस्ट फ्लोरिडाले लिभरपुललाई ६५–५६, जेभियर इन्टरनेसनल कलेजले ट्रिनिटीलाई ४१–२२, ह्वाइटहाउसले हेराल्डलाई ५०–४७ र चाँदबागले इन्साइट भिजनलाई ५०–३० ले हराए।

एभरेस्टका सन्जिव मगरले १७, जेभियरका सागर तामाङले १२, ह्वाइटहाउसका सुरज बस्नेतले २१ र चाँदबागका रामसिंह गुरुङले २४ स्कोर गरे