नेपाल समाचारपत्र, काठमाडौं।
यति हिमालयन शेर्पाले कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो खेल बराबरीमा टुंग्याएको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबसँग १–१ बराबरी खेलेको हो।
यसअघि टोलीले नेपाल पुलिस क्लबसँग बराबरी नतिजा बेहोरेको थियो। दुबै टोलीले १÷१ अंक बाँड्दा शेर्पाले दुई खेलबाट २ अंक जोडेको छ। एपीएफले भने एक अंक बनाएको छ। विभागीय टोली पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० ले हारेको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो। तर दोस्रो हाफ शुरु भएको २ मिनेटमै शेर्पा गोल गर्न सफल भयो। टोलीका लागि त्रिदेव गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ५८औं मिनेटमा एपीएफका प्रवीण स्याङ्तानले बराबरी गोल फर्काएका थिए। आशीष लामाले गोलकिपर आशीष गुरुङलाई बिट गरेर प्रवीणतर्फ पास दिएका थिए।











प्रतिक्रिया