भेट्रान्स कप बगरभाइलाई

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।

पाँचौं हेटांैडा भेट्रान्स कप राष्ट्रिय एट ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली बगरभाइ खलक पोखराले हात पारेको छ।
शनिबार हेटौंडाको लोकतान्त्रिक चौर हुप्रचौरमा सम्पन्न फाइनलमा बानेश्वर फुटबल टिमलाई २–० गोलअन्तरले हराएर बगरभाइले उपाधि हात पारेको हो।

विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार नगद प्राप्त गरे, जसमा बानेश्वरले १० हजार मामाघर नेपाल मकवानपुरलाई प्रदान गरेको छ। टोलीका लागि सातौं मिनेटमा राजकुमार तामाङले र ४९औं मिनेटमा कप्तान ईश्वर गुरुङले गोल गरेका थिए।

उत्कृष्ट खेलाडी घोषित हुँदै गुरुङले नगद १० हजारसमेत हात पारे। त्यस्तै विधातर्फ फरवार्डमा बगरभाइका राजकुमार तामाङ, डिफेन्समा बानेश्वरका विश्वबैराग समाल, मिडफिल्डरमा हरिहर झलक, किपरमा बगरभाइका लक्ष्मण तामाङ घोषित हुँदैं जनही नगद ५ हजार प्राप्त गरेका थिए।