एक्सेल्सियर क्वार्टरफाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
एक्सेल्सियरले आइतबार भएको खेलमा ग्रिनफिल्डलाई ४–१ ले हराएर समूह ‘सी’ को विजेता बन्यो।

टोलीका जितमा धीरज जोशीले ह्याट्रिक गरे भने आकिराले १ गोल थपे। ग्रिनफिल्ड पराजित बाबजुद समूह उपविजेता हुँदै अन्तिम आठमा पुग्न सफल भयो।

यु–१२ ब्वाइज फुटबलमा रेडिअन्ट पब्लिकले न्यु जेनिथलाई २–० र पुष्पसदनलाई १–०, एक्सेल्सियरले द चाँदबाग स्कुललाई ३–०, बृहस्पति विद्या सदनले चाँदबागलाई २–० र एक्सेल्सियरलाई १–० तथा न्यु जेनिथले न्यु इरालाई ३–० गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे।

बास्केटबलको सिनियर ब्वाइजमा एलआरआईले एक्सेल्सियरलाई ३०–२५, महामञ्जुश्रीले प्रिमियरलाई ४८–२६ र होली भिजनले बृहस्पतिलाई ३८–१९ ले पाखा लगाए। सिनियर गल्र्समा सिद्धार्थ बनस्थलीले स्किब्सलाई २७–२ र रेडिअन्टले बृहस्पतिलाई १९–५ ले पन्छाए। जुनियर ब्वाइजमा महामञ्जुश्रीले स्वर्णिमलाई ३०–१४ तथा पिपुल्स एकेडेमीले नव जीवनलाई ३२–१८ ले निराश पारे।