मार्टिन पिटर्सको निधन

0
Shares

लन्डन, (एजेन्सी) ।

सन् १९६६ मा इंग्ल्यान्डलाई फिफा विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडी मार्टिन पिटर्सको निधन भएको छ। आफ्नो समयमा वेस्टह्याम युनाइटेडबाट फुटबल खेल्न शुरुआत गरेका लिजेन्ड खेलाडी मार्टिनको ७६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो।

उनी लामो समयदेखि अल्जाइमर्स रोगबाट ग्रसित हुँदै आएका थिए। सन् १९६६ को विश्वकपको फाइनलमा इंग्ल्यान्डका लागि गोल गर्ने खेलाडीसमेत रहेका पिटरको निधनप्रति उनका समकक्षीहरूले दुःख व्यक्त गरेका छन्।

१५ वर्षको उमेरमा वेस्टह्याममा अनुबन्ध भएका पिटर्सले ११ वर्ष क्लबमा बिताएका थिए। त्यसपछि बेलायतको पहिलो २ लाख पाउन्ड पाउने खेलाडी बनेका उनी १९७० मा टोटनह्याममा अनुबन्ध भएका थिए।

उनले युरोपियन कप, यूएएफए कप, दुईवटा लिग कप जितेका थिए। १९८१ मा उनले पाँच वर्ष नर्विच सिटीमा बिताएपछि सेफिल्डमा स्थानान्तरण भएका थिए। उनी वेस्टह्याम क्लब राजदूतसमेत थिए।