लिभरपुल क्लब विश्वकप च्याम्पियन

0
Shares

लन्डन, (एजेन्सी)।

इंग्लिस प्रिमियर लिगअन्तर्गत शीर्षस्थानमा रहेको टोली लिभरपुलले यस सिजनको फिफा क्लब विश्वकपको उपाधि जितेको छ।
कतारको राजधानी दोहामा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब फ्लेमिन्गोलाई १–० गोलअन्तरले हराउँदै लिभरपुलले पहिलोपटक सो उपाधि उचालेको हो।

टोलीको जितमा रोबेर्टो फर्मिन्होले गरेको एक मात्र गोल नै निर्णायक सावित भएको थियो। उनले ९९औं मिनेटमा गोल गरेर टोलीलाई उपाधि दिलाएका थिए।

फिफा क्लब विश्वकपको इतिहासमा खेल अतिरिक्त समयसम्म गएको यो चौथो फाइनलसमेत हो। यसअघि सन् २०००, २००९ र २०१६ का फाइनल खेलहरू अतिरिक्त समयसम्म लम्बिएका थिए।