एनआईसी एसिया बैंकले इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स सेवा ल्यायो


एनआईसी एसिया बैंकले इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स सेवा सञ्चालनमा ल्याएको छ। यस प्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकको दाबी छ।

ग्राहकले आईभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ सेवाबारे जानकारी समेत पाउन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार, आइभीआर सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आइभीआर सेवा दर्ता गर्नुपर्छ। दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुवै माध्यमबाट गर्न सकिने कम्पनीले जनाएको छ।