एनएमबि बैंकको शैक्षिक कर्जा सर्वोत्कृष्ट


एनएमबि बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषतासहित जीवन्त तुल्याएको छ, जसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ भने, १५ वर्षसम्मको अवधिका लागि सत प्रतिशत लगानी र ४ वर्षसम्मको थप बिलम्बकालीन/ऋण स्थगन अवधि (मोराटोरियम) पनि रहेको छ।

बैंकले ग्राहक/विद्यार्थीले विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्टट र परिस्कृत उपयोगीतामूलक प्रस्तावका साथ सहज रुपमा शैक्षिक कर्जा प्राप्त गर्न सहज हुन् भन्ने मुख्य उद्देश्यका साथ यी महत्वपूर्ण विशेषता थपेको हो।

बैंकले शतप्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि लगानी गर्नेछ। साथै विदेशमा अध्ययनका लागि उनीको प्रायोजकको दायरालाई पनि लचिलो तुल्याएको छ, जसमा बुवा वा आमाका हजुरबुवा–हजुरआमा, सासु–ससुरासहितका ससुराली परिवार तथा काका–काकी दुवैलाई प्रयोजकका रूपमा सामेल गर्न सकिने गरी दायरा फारकिलो पारिएको छ।

यसका साथै ऋणको अवधि बढाएर १५ वर्ष पुर्याइएको छ, जहाँ ऋण स्थगन अवधि कम्तिमा ४ वर्ष वा पूरै पाठ्यक्रम अवधिसम्म कायम गरिएको छ।