सिभिल बैंकको लाभांश पारित


सिभिल बैंकको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशतका दरले हुन ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आव २०७६/०७७ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) गर्ने/हुने वा स्वदेशीविदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलार्ई अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ।