लक्ष्मी बैंकको १९औं साधारण सभा सम्पन्न


काठमाडौं, (नेस)।

लक्ष्मी बैंकको १९औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपियाँ पुगेको छ।

आ.व. २०७५/७६ मा ८०.३२ अर्ब निक्षेप र ७७.८४ अर्ब रुपियाँ कर्जा पुर्याएको बैंकको वासलातको आकार १०६ अर्ब रहेको छ।
सो आवमा बैंकले १ अर्ब ५९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट सन् २००९ देखि सञ्चालनमा रहेको छ। यसैगरी दोस्रो सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ। लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटी फण्ड नामक दुई म्यूचुअल फन्ड जारी गरिसकेको छ।