संशोधन कानुनको विरोधमा देशव्यापी प्रदर्शन जारी

अर्बन नक्सलद्वारा भ्रम फैलाइरहेको मोदीको आरोप

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्ली स्थित रामलीला मैदानमा एक र्यालीलाई कांग्रेस र ‘अर्बन नक्सल’ले देशमा भ्रम फैलाइरहेको आरोप लगाएका छन्। नागरिकता संशोधन कानुनलाई लिएर हाल भइरहेको देश व्यापी विरोध प्रदर्शनलाई लिएर र्यालीलाई सम्बोधन गरेका हुन्।

र्यालीलाई सम्बोधन गर्दै मोदीले भने– ‘देशका लागि, देशको एकताका लागि म कहिल्यै पछाडि हट्ने छैन। कुनै पनि देशवासीले नत देशलाई झुक्न दिन्छ नत देशलाई विभाजन हुन दिन नै चाहन्छु।’

भारतमा नयाँ नागरिकता संशोधन कानुनलाई लिएर देशव्यापी प्रदर्शन जारी रहेको छ। कयौं ठाउँमा र्यालीको आयोजना गरिएको छ भने केही स्थानमा हिंस्रक प्रदर्शन पनि भइरहेको छ। अहिलेसम्म प्रमदर्शनमा मर्नेको सख्या २० नाघेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

विहारमा नागरिकता संशोधन कानुनको विरोधमा राजदले विहार बन्दको आह्वान गरेको थियो। पटनालगायत विहारको विभिन्न सहरमा लाखौं संख्यामा नागरिकहरू प्रदर्शनमा सहभागी भएका छन्।

त्यसैगरी नयाँ कानुनको विरोधमा मध्यपुरको जबलपुरमा पनि विशाल र्यालीको आयोजना भयो। यस प्रदेशको चार थाना इलाकामा हिंसा भड्केपछि कफ्र्यू लगाइएको थियो।

त्यसैगरी उत्तर पूर्वमा पनि नागरिकता संशोधन कानुन र एनआरसीको विरोध भइरहेको छ। सबेभन्दा धेरै विरोध प्रदर्शन आसाममा भइरहेको छ। सन् १९७१ मा बंगलादेश बन्ने क्रममा लाखौं संख्यामा त्यहाँका हिन्दूहरू भारत पलायन हुने क्रममा आसाममा बसेका थिए।

हाल नयाँ कानुनले ती सबै हिन्दूलाई नागरिकता दिन सक्ने मार्ग प्रशस्त गरेको छ। तर ठूलो संख्यामा रहेको बंगलादेशी हिन्दूलाई नागरिकता प्रदान गर्दा आसामको जनसंख्या वितरण तथा त्यहाँको संस्कृतिमाथि नै ठूलो अतिक्रमण हुने भएकोले उक्त राज्यमा नयाँ कानुनलाई लिएर शरूदेखि कडा विरोध भइरहेको छ।

आसाममा मोदी सरकारले देशभर ल्याउन चाहेको एनआरसी लागू भइसकेको छ। अब नागरिकता कानुन बनेपछि आसाममा विरोध प्रदर्शन चर्किएको छ।

सम्पत्ति लिलाम गर्ने

उत्तर प्रदेशका उपमुख्यमन्त्री दिनेश शर्माले नागरिकता संशोधान कानुनलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति नोक्सानका भरपाई संलग्न पक्षबाटै गराइने बताए। यदि कसैले तिर्न सक्दैन भने उनीहरूको सम्पत्ति लिलाम गरिने उनले धम्की दिए।

रामलीला मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने– ‘कांग्रेस र अर्बन नक्सलीहरूद्वारा उडाइएको डिटेन्सन सेन्टरको हल्ला सरासर भ्रम हो, गलत मनसायको हो, देशलाई ध्वस्त पार्ने अपवित्र मनसायले भरिपूर्ण छ, यो भ्रम हो।

गत वर्ष आसामको डिटेन्सन सेन्टरबाट बाहिर आएकाको पीडाका विषयमा बीबीसीमा लेख प्रकासित भएको थियो।यसैबीच उत्तर प्रदेशका लागि कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले विजनौरमा मृतक अनसका परिवार सदस्यसँग भेटकी छिन्। शुक्रबार भएको विरोध प्रदर्शनमा २२ वर्षका अनसको मृत्यु भएको थियो।

उत्तर प्रदेशमा मात्र नागरिकता संशोधन विधेयक कानुन र एनआरसी विरुद्ध भएको विरोध प्रदर्शनमा अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भइसकेको छ।

नयाँ कानुन लागू गर्न अस्वीकार

राजस्थानका मुख्यमन्त्री र कांग्रेसका वरिष्ठ नेता अशोक गहलोतले राजस्थानमा एनआरसी र नागरिकता संशोधन कानुन लागू गर्न अस्वीकार गरेका छन्।

प्रधानमन्त्रीको नाममा दिएको सन्देशमा उनले मोदीलाई आफ्नो प्रदेशमा नागरिकता संशोधन कानुन लागू गर्न अस्वीकार गर्ने नौ राजयको आवाज सुन्नु पर्ने सुझाब दिएका छन्।