विप्लव समूहका एक समातिए

0
Shares

काठमाडौं (नेस)।

उपत्यकालगायत विभिन्न स्थानका केही उद्योगी तथा व्यवसायिलाई धम्की दिदैं रकम असुल गर्दै आएका नेकपा विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

फोन तथा म्यासेजबाट भौतिक सफाया गर्ने धम्की दिदैं आएका सुजन भन्ने राजु घिमिरेलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

उद्योगी तथा व्यापारीसँग मोटो रकम माग गरी रकम नदिए मार्ने चेतावनी दिएको भन्ने सूचनाको आधारमा महाशशाखाले पक्राउ गरेको हो।

प्रहरीले घिमिरेको साथबाट ६ थान मोवाइल, विभिन्न दस्तावेजसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनलाई जवरजस्ती अस्ुली मुद्दामा कारवाही अगाडि बढाउन लागेको जानकारी महाखाले दिएको छ।