प्रहरीसँग एक दिनमा आईजीपी खनाल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरका विद्यार्थीहरूसँग ‘प्रहरीसँग एक दिन’ कार्यक्रम प्रहरी प्रधान कार्यालयमा आइतबार सम्पन्न भएको छ।

प्रहरी प्रधान कार्यालयको सहकार्य तथा प्रहरी विद्यालय सम्पर्क समिति ग्यालेक्सी पब्लिक स्कुलको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी उक्त स्कुलका शिक्षक तथा विद्यार्थीबाट केन्द्रीय प्रहरी संग्राहलय र अमर प्रहरी स्मारकको अवलोकन भ्रमणसमेत गरिएको थियो।

सो अवसरमा प्रहरी प्रधान कार्यालय खेल मैदानमा प्रहरी प्रधान कार्यालय केनाईन महाशाखाबाट गरिएको ड्रिल प्रदर्शन कार्यक्रमसमेत विद्यार्थीले अवलोकन गरे।

ड्रिल प्रदर्शनमा अपराध पुष्टी गर्न आवश्यक सबुद प्रमाणको खोजी, अपराधीको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, विस्फोटक पदार्थको खोजी तथा पहिचान, आज्ञापालन र बाधापारलगायतमा उक्त महाशाखाका तालिम प्राप्त कुकुरहरूले ड्रिल प्रदर्शन गरेका थिए।