शीतलहरले हुलाकी राजमार्ग आसपासको जनजीवन प्रभावित,स्थानीय सरकार मौन

0
Shares

शुभेन्द्र दास , लहान ।

शीतलहर बढेसँगै हुलाकी राजमार्ग आसपासका बासिन्दाको जनजीवन प्रभावित बनेको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने सप्तरीको बलान बिहुल गाउँपालिका , सिरहाको भगवानपुर , नवराजपुर , बरियापटी , औरही , अर्नामा लगायतका गाउँपालिको जनजीवन प्रभावित बनेको जनप्रतिनिधीहरुले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

भगवानपुर गाउँपालिकाका प्रमुख बेचन यादवले पुष १ गतेबाट सुरु भएको शितलहरले गाउँपलिकाबासीको जनजीवन नराम्ररी प्रभावित भएको जानकारी दिँदै केही दिन यता बढेको शितलहरले पशु चौपायाहरु समेत प्रभावित भएको बताए ।

नवराजपुर गाउँपालिकाका प्रमुख बिश्वमोहन प्रसाद यादवले शितलहरले जनजीवन प्रभाावित भएकाले गाउँपालिकाका मुख्य मुख्य चोकहरुमा धुनिको ब्यवस्था गरेको बताए ।

नवराजपुर स्थायी घर भएका समाजवादी पार्टीका युवा नेता तथा समाजवादीका नवराजपुर गाउँपालिका अध्यक्ष समेत रहेका शिव उद्गार यादव गत बर्षको तुलनामा यस बर्ष मधेसमा जाडो दुईगुना बढिरहेको बताउँदै भन्छन् , सम्बन्धित गाउँपालिका र नगरपालिकाहरुले सार्वजानिक धुनिको ब्यवस्था गरेर कम्बल वितण गर्न ढिला गर्नु हुँदैन ।

शित लहरबाट जोगिन अपनाईने विधिबारे स्थानिय सरकारले स्थानिय सञ्चारमाध्यामबाट ब्यापक प्रचारप्रसार गर्नु पर्ने पनि नेता यादवको सुझाव छ ।
शित लहर अचाक्ली बढ्दा पनि स्थानीय सरकार मौन भएकोमा नेता यादवको आपत्ती छ ।

शसस्त्र प्रहरी बल , झाँजपटी बेस क्याम्पका प्रहरी निरिक्षक कञ्चन थापाले शीत लहर बढे सँगै शसस्त्र र जनपद प्रहरीले नवराजपुरका सार्वजानिक ठाउँहरुमा धुनिको ब्यवस्था गरेको जानकारी दिए ।