गाउँपालिका अध्यक्ष जेल चलान

0
Shares

बारा, (नेस)।

प्रहरीले बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई नियन्त्रणमा लिएर सजाय भुक्तानीका लागि कारागार पठाएको छ।

सवारी ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट दोषी ठहर भएका भेडिहरलाई पक्राउ गरी आइतबार नै कारागार पठाएको प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो।

उहाँका अनुसार अध्यक्ष भेडिहरलाई अदालतमा हाजिरी गराई आदेशअनुसार कैद सजाय भुक्तानका लागि विरगन्जस्थित केन्द्रीय कारागार पठाइएको छ।

२०६१ सालमा भेडिहरले चलाएको मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएपछि परेको मुद्दामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते दोषी ठहर गर्दै भेडिहरविरुद्ध २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो।