गाउँपालिकाले गर्यो अस्पताल संचालन


न्युज अफ नेपाल, धादिङ ।

नेपालमै पहिलो पटक उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाले आइतबार प्राविधिक सेवा सहितको अस्पताल संचालनमा ल्याएको छ ।

गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको फुलखर्क स्वास्थ्य चौकिलाई प्रस्ताबित ग्रामिण अस्पतालको रुपमा पालिकाको आन्तरिक श्रोतबाट संचालन गर्न लागेको हो ।

गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारी र उपाध्यक्ष एण्जिला तामाङले अस्पतालको उद्घाटन गर्दै गाउँबासी कोहीपनि विरामी भएमा गाउँमै विशेषज्ञ सेवा दिने उद्देश्यले अस्पताल सुरु गरेको बताउनुभयो ।

गाउँपालिका विकट गाउँ भएकोले विशेषज्ञ सेवाका लागि सदरमुकाम पुर्याउन कठिन हुने र वर्षको समयमा बजारसम्म पुर्याउन नसकिने भएकोले गाउँपालिकाले अस्पताल संचालन गरेको हो ।

अस्पताल सुरुववातसंगै एक्सरे सेवा, प्रयोगशाला सेवा समेत सुरुवात गरिएको छ ।

गंगाजमुना गाउँपालिकामा रहेका ५ स्वास्थ्यचौकीमा यसअघि नै प्रयोगशाला सेवा संचालनमा रहेको छ । गाउँपालिका भित्र रहेका सबै बर्थिङ सेन्टरमा प्रसुतिको लागि आउने सुत्केरी महिलालाई निशुल्क खान र बस्न को लागि प्रशुति कुरुवा घरको व्यवस्था गरिएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो ।

यसबाट घरमा हुने सुत्केरी सुन्य बनाउने र सुत्केरीपछि आमा र बच्चाको मृत्युदरमा कमी आउने छ । अस्पतालमा १ जना मेडिकल अधिकृत सहित स्वास्थ्यकर्मीहरु रहने छन् ।