गाउँपालिकाका अध्यक्ष शाहीको ३३ घण्टापछि उद्धार


न्युज अफ नेपाल, दैलेख ।

दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई ३३ घण्टापछि उद्धार गरिएको छ ।

शनिबार राति १२ बजेतिर आफ्नै घरमा सुतिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव‘ समूहबाट अपरहणमा परेका गाउँपालिका अध्यक्ष शाहीलाई कालिकोट प्रहरीको संरक्षणमा शुभकालिका गाउँपालिका–१ छात्ती भन्ने स्थानबाट सकुसल उद्धार गरिएको कालिकोटको शुभ गाउँपालिकाका अध्यक्ष खडान्द्र चौलागाईंले बताए।

गाउँकै एकजना घरमा लुकाउँन लगिँदै गरिएको अवस्थामा कालिकोट सशत्र प्रहरी र जनपद प्रहरीले अध्यक्षको सकुशल उद्धार गरेको दैलेख प्रहरीले जनाएको छ। अहिले गाउँपालिका अध्यक्ष प्रहरीको सुरक्षामा रहेका छन्।

अपरहणमा परेकी भनिएकी गाउँपालिका अध्यक्षकी इला मल्ल (शाही) दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने भर्ता लेकबाट शनिबार बिहान नौ बजेतिर सकुशल उद्धार गरिएको थियो।