मुसहर बस्तीका ७० घर धुरीलाई २० क्विन्टल दाउरा वितरण


न्युज अफ नेपाल, उदयपुर ।

चिसो र शीतलहर बढैसँगै उदयपुर जिल्लाको मुसहर बस्तीमा दाउरा वितरण गरिएको छ।

चिसोको र शीतलहरबाट बच्न जिल्ला प्रशासन कार्यालय उदयपुर र त्रियुगा नगरपालिकाको सहयोगमा डिभिजन वन कार्यालय उदयपुर र त्रियुगा शान्ति धामको पहलमा गैरुन, रातमाटेलगात मुसहर बस्तीका ७० घर धुरीलाई २० क्विन्टल दाउरा वितरण गरिएको हो।

मोतियाही, पश्चिम जहरे, सिद्धवतीलगायतका सामुदायिक वन उपभोक्ता समूहहरूले दाउरा सहयोग गरेका हुन्। जिल्ला प्रशासन कार्यालय उदयपुरले सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह स्थानीय संघ संस्थाहरू यस कार्यमा सहयोग गर्न आग्रह गरेको प्रहरीले जनाएको छ।

दाउरा वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो। चिसो र शीतलहर बढैसँगै उदयपुर जिल्लालगाएत भित्री मदेसको जनजीवन प्रभावित भएको छ।