संस्कृतिलाई समृद्धिमा बदल्नपर्नेः मुख्यमन्त्री गुरुङ


टंकराज अधिकारी, पोखरा ।

अन्नपुर्ण गाँउपालिका–११ छोम्रोङ स्थित सेञ्चुरी युवा क्लबले सञ्चालन गरेको १८ औं सेञ्चुरी ल्होसार मेला–२०७६ को एक कार्यक्रमबिच आइतवार उद्घाटन भएको छ।

मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्वीका लागि संस्कृति जोगाई राख्न अनुरोध गर्दै संस्कृतिलाईसमृद्धिमा बदल्न आग्रह गर्नुभयों ।

उहाँले बाटो, पानी, बिजुली, सुरक्षा छैन भने हामीले ब्याबस्था गरछौ, उत्पादन नभएमा हामीले के कस्तोआर्थिक सहयोग गर्नुपर्छ त्यों पनि व्यवस्था गरछौ, गाउँको उत्पादन बढाउदै पर्यटकलाई स्थानिय उत्पादनको स्वाद दिन जोड़ दिनु भयों ।

तमु ल्होसारको अवसर पारी आयोजना ग़रिएको मेलामा खेलकुदका साथै विभिन्न सांस्कृतिक कार्यक्रम संचालन हुने सेञ्चुरी युवाक्लबका अध्यक्ष मिकास गुरुङले बताउनु भयों ।

“ संस्कृति सम्पदाको संरक्षण एवं पर्यटन बर्ष २०२० को प्रवर्द्धन” भन्ने नाराका साथ संचालित मेलामा पुरुष भलिवलरबास्केटवल, महिलाभलिबल, पौढ भलिबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद सँगसगै सास्कृतिक कार्यक्रमहरु हुने अध्यक्ष गुरुङले बताउनुभयों।

५ दिनसम्म सञ्चालन हुने मेलामा बिभिन्न प्रतियोगिता मध्ये क्लब स्तरिय पुरुष भलिवलमा १२ टिम, पुरुष बास्केटबलमा १० टिम, महिलाभलिवलमा ८ टीम र प्रौढ़ भलिवलमा ८ टिमको सहभागिता रहेको खेलका कार्यक्रम ५ गतेदेख़िनै संचालन ग़रिएको ल्होसार मेलाकासंयोजक राजकुमार गुरुङले जानकारी दिनुभयों।

क्लबका अध्यक्ष मिकास गुरुंगको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीव पहारी, अन्नपूर्ण गाऊँपालिकाकास्कीका अध्यक्ष युवराज कुँवरले चुनावका बेला जनता माझ गरेका प्रतिवाद्वता पूरा हुदै गएको बताउनुभयों ।

कार्यक्रममा अन्नपूर्णगाऊँपालिका वड़ा नं ११ का अध्यक्ष हिमबहादुर गुरुंग, पर्यटन ब्यावस्थापन समिति छोम्रोंगका अध्यक्ष बुद्धिमान गुरुंग, महासचिव दिलीपगुरुंग, सेञ्चुरी युवा क्लबका सल्लाहकार राम गुरुंग लगाएतले विश्वकै उत्कृष्ट १० नम्बरमा पर्ने अन्नपूर्ण पदमार्गको स्तर उन्नतिका लागिआवश्यक सहयोगको ११ बूँदें ज्ञापनपत्र मुख्यमन्त्री गुरुंगलाई पेश ग़रिएको थियो ।

मेला अवधि भर संचालन हुने क्लब स्तरिय पुरुष बास्केटबल र भलिबलमा प्रथम हुनेले ८० हजार नगद सहित मेडल ट्रफि र प्रमाण(पत्रहात पार्ने छन भने द्धित्तिय स्थान ल्याउनेले ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाण(पत्र पाउने छन् । यसै गरि महिला भलिबल तर्फप्रथम स्थान प्राप्त गर्नेले ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाण(पत्र र दोश्रो स्थानको लागि ३० हजार नगद सहित मेडल ट्रफि रप्रमाण पत्र रहेको छ । पौढ भलिबलको लागि प्रथम २० हजार द्धित्तियको लागि १० हजार नगद सहित मेडल र प्रमाण(पत्र प्रदान गरिनेमेलाका प्रचारप्रसार संयोजक जगदीश गुरुङले जानकारी दिनुभयों ।