त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो लागुऔषधसहित चार विदेशी पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो लागुऔषध कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बेलारुसका एबी २७१२०६० नम्बर राहदानी भएका २१ वर्षीय पाभेल भेसिलयु र राहदानी नम्बर केएच २४६४४२६ भएकी २१ वर्षीया एलिना एल्डोसाइनाला पक्राउ परेका हुन्।

उनीहरूको साथमा रहेको सुटकेश चेकजाँच गर्दा पाभेलको साथबाट तीन किलो र एलिनाको साथबाट तीनकिलो गरी जम्मा ६ किलो कोकिनसहित नियन्त्रणमा लिइएको हो। उनीहरूले सुटकेशभित्र ज्याकेटमा फल्स बटन बनाएर कोकिन लुकाएका थिए‍।

नियन्त्रणमा परेकाहरूकै बयानका आधार लाजिम्पाटमा रहेको होटल लास्ट गार्डेनको कोठा नम्बर ३०४ बाट २ जना वोलिभियाका नागरिकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बोलिभियाका रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज रहेका छन्। उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।