नुवाकोटमा मिनीट्रक दुर्घटना, २ को मृत्यु, ५ घाइते

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नुवाकोटको विदुर –६, मूलथलामा आज बिहान मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

खड्गभञ्ज्याङतर्फ जाँदै गरेको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ ।

घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।घटनास्थलमा सशस्त्र प्रहरीको टोलीसहित नेपाल प्रहरी पनि उद्धारका लागि खटिएको छ ।