कृषक सँगको सहकार्यमा ऋण प्रवाह गर्दै कृषि विकास बैंक 

0
Shares

सरस्वती न्यौपाने,रसुवा।

स्थानिय बासीको जिवनस्तर उकास्न कृषि विकास बैंक आफ्नो मापदण्डको अधिनमा रहेर कृषक सँग सहकार्य गरि कृषि क्षेत्रका लागी सहुलियत सहित ऋण प्रवाह गर्दै आइरहेको छ ।

रसुवा जिल्ला भरनै पर्यटन प्रर्वद्धनका लागी १५ करोड रुपैया ऋण लगानी गरि पर्यटन क्षेत्रको पुर्वाधार निर्माण का लागी ऋण लिने ऋणीको संखया एक सय ५० पुगेका छन् ।

आठ करोड व्यापार व्यवसाय र कृषि क्षेत्र मा आठ करोड ऋण प्रवाह गरेको छ ।यस बैंकले हालसम्म कुल ३१ करोड रुपैया लगानी गरि सकेको र ऋणीको संख्या भने पाँच सय रहेका छन् ।

रसुवा ७५ प्रतिशत कृषि क्षेत्रमा निर्भर भएकै कारण र कृषि विकास कार्यालय बाट कृषकलाई ऋण लिन सजिलो र भरपर्दो हुने भएकाले जिल्लामा सञ्चालित अन्य बैंकले ऋण प्रवाहमा राजर्माग केन्द्रित हुने देखिएपनि यस बैंक यार्साका कुना —कुना देखि सरमथली, टिमुरे, थुमन सम्मका किसान आफ् क्षेत्र निर्धारण गरि बढि भन्दा बढी किसान लाभान्वीत भइरहेको शाखा प्रबन्धक विदुर कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२०३० साल कात्तिक देखि यस जिल्लामा बैंक स्थापना भएपछि ग्रामिण भेगका हरेक किसानहरुको जिवनस्तर सुधार ल्याउन हरपल लागी परिरहेको छ ।

यस बैंकले सहकारी मा आवद्ध भएका किसान समुह लाई वाली तथा संरक्षण को विमा समेत व्यवस्था गरेको शाखा प्रबन्धक श्रेष्ठ ले जानकारी दिनुभयो ।

यस बैंकले कृषि लाई बढावा दिदै गाई, भैँसी, मौरी, कुखुरा पालन र तरकारी खेति तर्फ ऋण दिने गरेको छ ।१८ वर्ष पुरा भई ७० वर्ष सम्मका किसान लाई ऋण प्रदान गर्ने र ऋण प्राप्तिका लागी घर परिवारका सदस्य भध्ये कुनै न कुनै एक जना सम्म भएपनि साक्षीको रुपमा रहनु पर्ने प्रावदान रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।