रसुवामा सङघ र प्रदेश को बजेट बाँडफाँड

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

जिल्लामा सङघ र प्रदेशबाट आएको बजेट बाँडफाँड भएको छ ।एक निर्वाचन क्षेत्र र दुई वटा प्रदेशका लागी ५५ वटा कार्यक्रम छनौट गरिएको छ ।कार्यक्रम अनुसार सङघीय निर्वाचन क्षेत्रले ३० वटा प्रदेश ‘क’ ले १३ र प्रदेश ‘ख’ ले १२ वटा योजना छनौट गरेका छन् ।

यी मध्ये कालिका गाउँपालिका मा निर्वाचन क्षेत्र र दुवै प्रदेशको बजेट समावेश भएको छ ।यो पालिका दुवै ले बजेट राखेका हुन बाँडफाँड गरिएको बजेट अनुसार सामुदायीक भवन निर्माण , सडकको मर्मत तथा स्तरोउन्नति , गुम्बा निर्माण , खानेपानी मर्मत लगाएतका प्राथमिकतामा परेको छ ।

केही स्थानमा सौर्य बत्ती जडान , हेलिप्याड निर्माण , तातोपानी मूल संरक्षण लगाएत योजना पनि राखिएको छ ।निर्वाचन क्षेत्रका लागी ६ करोड बजेट र दुई वटा प्रदेशमा तीन —तीन करोड बजेट आएको छ ।

निर्वाचन क्षेत्र नं. १ अन्तरगत आएको बजेट मध्ये गोसाइकुण्ड मा आठ वटा योजनाका लागी एक करोड ७५ लाख नौकुण्डमा सात वटा का लागी एक करोड ५० लाख , कालिकाको पाँच वटा योजना मा एक करोड दुई लाख ५० हजार , आमाछोदिङमो मा दुई वटा योजनामा ६० लाख बजेट विनियोजन भएको छ ।

प्रदेश ‘क’ ले गोसाइकुण्ड गाउँपालिकामा सबै भन्दा बढी योजना परेको छ ।यसमा ६ वटा योजनाका लागी एक करोड ४० लाख नौकुण्डमा पाँच वटा योजनाका लागी एक करोड ३० लाख , कालिका मा दुई वटा योजना का लागी २३ लाख २५ हजार छुट्याएको छ ।

यसै गरि प्रदेश ‘ख’ ले आमाछोदिङमो गाउँपालिकामा ६ वटा योजना सञ्चालनका लागी ७६ लाख २५ हजार ,कालिकामा ४ वटा योजनाका लागी एक करोड २० लाख , उत्तरगया मा दुई वटा का लागी एक करोड बजेट परेको जिल्ला समन्वय समिति रसुवाले जानकारी दिएको छ ।