नरेन्द्र र कान्छी विजयी

0
Shares

काठमाडौं, (नेस)।

१३औं काठमाडौ म्याराथनको उपाधी पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र सिंह रावत र महिलातर्फ सशस्त्रकी कान्छीमाया कोजूले हात पारेका छन्। म्याराथनमा नयाँ नाम लेखाउँदै नरेन्द्रले ४२ दशमलव १९५ किमि दुरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन्।

उनले सेनाकै वेदबहादुर सुनुवारलाई पछि पारेका थिए। वेदबहादुरले २ घन्टा ३४ मिनेट २० सेकेन्डमा दुरी पूरा गरे। तस्रो स्थानमा रहेका सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरे।महिलातर्फ कोजुले २ घन्टा ५७ मिनट २७ सेकेन्डमा दुरी पार गरिन्।

कोजूको यो लगातार तेस्रो उपाधि हो। दोस्रो स्थानमा रहेकी सेनाकी सरीता बासीले ३ घन्टा १९ मिनेट ०७ सेकेन्ड र तेस्रो स्थानमा रहेकी निर्जला ताम्राकारले ३ मिनेट ४७ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरे। विजयी शीर्ष खेलाडीले क्रमशः ५० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।