राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण


काठमाडौं, (नेस)।

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ।

बैंकले नेपाल सालिमार सिमेन्ट प्रालिलाई एक करोड रुपियाँ, नेपाल डेरीलाई १८ लाख ५ सय ६८ रुपियाँ, पन्चकन्या स्टिल प्रालिलाई १३ लाख ९९ हजार एक सय दुई रुपियाँ, प्रिमियर वायर्स प्रालिलाई ५ लाख ५० हजार ८ सय रुपियाँ, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख ६५ हजार ९ सय रुपियाँ रकम हस्तान्तरण गरेको हो।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गर्नुभयो।