नेपाल बंगलादेश बैंकद्वारा कम्बल हस्तान्तरण


काठमाडौं, (नेस) ।

नेपाल बंगलादेश बैंकले अनाथ अपांग आश्रय नेपाललाई ३५ वटा जाडोको कम्बल हस्तान्तरण गरेको छ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले कागेश्वरी, मनहरा – ६, काठमाडौंस्थित आश्रयलाई ३५ वटा कम्बल हस्तान्तरण गरेको हो।

बैंकले सो अनाथालयमा अनाथ तथा अपांग बालबालिकालाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो। बैंकका संचालक मुकुन्दनाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो।