सतीले सरापेको देश भन्नु अशोभनीय


नकारात्मक सोच, विचार र शब्दले नकारात्मक शक्ति नै उत्पादन गर्छ। त्यस्तो शक्तिले बिगार्ने नै काम गर्छ। अब हामी सबै नेपाली सकारात्मक सोचका साथ सृजनशील भएर देश, समाज र परिवार बनाउनमा जुट्नुपर्छ। अन्धविश्वासमा विश्वास गरी हाम्रो मन धमिलो पारेर कुनै राम्रो काम गर्नबाट पछि हट्नुहुँदैन।

बराबर आफ्नै देशलाई ‘सतीले सरापेको देश’ भनेर नकारात्मक सोच राख्नु अन्धविश्वासको द्योतक हो। केही कुरा नराम्रो हुँदा ‘सतीले सरापेको देश’ भन्दा एक किसिमको नमीठो सन्देश हाम्रो शरीरमा प्रवाह हुने गर्छ।

सर्वसाधारणलाई यो कुरा मन पर्दैन तर सुन्न बाध्य हुनै पर्छ। नेपालमा महिलालाई सताइएको कुरा निर्विवाद छ। पितृसत्तात्मक परिपाटीमा महिला अस्तित्वको अवमूल्यन भयो। तर हामीबाट भए/गरेका कमजोरी सुधार गर्नुचाहिँ उचित हो।

अझै पनि मानवताका विरुद्ध केही नराम्रा हर्कत हुँदै छन् वा हुनेवाला छन् भने रोक्नुपर्छ। मानवअधिकारको बहाली सर्वाधिकरूपमा गराउनुपर्छ।

– टेक पौडेल