प्रिन्ट मेकिङमा वरिष्ठदेखि कनिष्ठसम्म

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ नेपालको संयुक्त आयोजनामा प्रिन्ट मेकिङ कला कार्यशाला २०७६ सञ्चालन भइरहेको छ।

कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गर्नुभएको थियो। कार्यक्रममा प्रिन्ट मेकिङ नेपालका अध्यक्ष उमाशंकर शाहले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागलाई अझ सहयोग र सद्भाव राख्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो– ‘विश्व कलाको इतिहास हेर्ने हो भने यो विधा निकै पुरानो हो, जुन पाँचौं शताब्दीबाट चीन देखि शुरू भएको देखिन्छ।’
नेपाल ललितकला प्रज्ञा–प्रष्ठिानकी प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले यो विधालाई अरू विधामा जस्तै सहयोग गर्ने बाचा गर्नुभयो।