नेपाली भूमी मिचेको विषयमा सरकारलाई सुझाव दिइसकेको छ– नेता सिटौला


न्युज अफ नेपाल, भद्रपुर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पश्चिममा कालापानी, लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषय चर्चाको शिखरमा पुगेको बताउँनुभएको छ ।

झापाको भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिताको शनिबार मेचीनदीमा यस्तो बताउँनुभएको हो । यो हल्ला गरेर भन्दा पनि दुई देश बिचमा राजनीतिक र कूटनीतिक पहल गरेर सीमा विवादको विषय समाधान गर्न सरकारलाई काँङ्ग्रेसले सुझाव दिइसकेको उल्लेख गर्नुभयो ।

मित्र राष्ट्र भारतसँग उच्चस्तरमा राजनीतिक र कूटनीतिक पहल गरेर समाधान गर्न सरकारलाइ जानकारी गराइसकेको बताउँनुभयो । भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय उठिरहँदा मेची नदीको सीमाबाटै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालको सीमामा पर्ने मेची नदीको बालुवामा भलिबल प्रतियोगिता गरेर भद्रपुरको ५ नम्बर वडाले सिङ्गो नेपाललाई बिउँझाउने काम गरेको बताउँनुभयो ।

‘प्रधानमन्त्री जीले बोलाउनु भएको सर्वदलीय बैठकमा काँङ्ग्रेस यी सुझाव राखेको हो, बैठकमा सरकारले गर्छु भनेको छ, तर के गरेको छ, हामीलाई जानकारी प्राप्त भएको छैन उहाँले भन्नुभयो ।’’