युएईसँग रुपन्देही पराजित


मनोरञ्जन शर्मा, भैरहवा ।

युनाईटेड अरब ईमिरेटसको डेजर्ट कब्स क्रिकेट क्लबको यु १३ टिमले रुपन्देही ११ को यु १३ टिमलाई मैत्रीपुर्ण पहिलो खेलमा ३४ रनले पराजित गरेको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा डेजर्टले टस जितेर ब्याटिंग गर्दै निर्धारित २५ ओभरको खेलमा ४ विकेट गुमाउदै १९२ रनको बिशाल रन बिशाल योगफल खडा गरेको थियो ।

जसमा श्रे सेठीले नटआउट हुँदै सर्बाधिक ९९ रन बनाए । उन्ले ७४ बलको सामना गर्दै १४ चौका सहित उक्त ब्यक्तीगत रन बनाएका हुन् जबकी उनी शतकबाट चुकेका थिए ।

त्यसै गरी डेजर्टका फैसुर फैसरले ५५ बलमा ५ चौकाको मद्धतले ६० रन बनाए । ह्दय सबनमले ६ रन हाने । रुपन्देहीका रुबिन न्यौपानेले १ विकेट लिए । बाकी तिन जना खेलाडी रन आउट भएका थिए ।

प्रतिउत्तरमा पाहुना टिमबाट जितका लागी पाएको १९३ रनको लक्ष्यलाई पछ्याउने क्रममा रुपन्देही ११को टिमले २५ ओभरमा ७ विकेट गुमाउदै १५९ रन मात्र बनाउन सक्यो । आरीफ खानले सर्बाधिक ४३ रन बनाए भने सगुन बोगटीले २६ र सुसान्त पान्डेले १८ रन बनाए ।

डेजर्टका करण धिमानले २ विकेट लिदा तोसिथ भौमिक, शैलेस शंकरन र अग सियाजमेरीले समान १।१ विकेट लिए । खेलमा श्री सेठी म्यान अफ द म्याच भए ।

डेजर्ट टिमले रुपन्देही ११को यु १३ टिम संग ३ दिनमा ६ वटा खेल खेल्ने टिमका म्यानेजर बाल सुब्रमन्हयमले जानकारी दिए ।

यस अघि प्रतियोगिता सुरु हुनु पुर्ब नेपाल क्रिकेट संघका पुर्ब केन्द्रिय सदस्य प्रेम कुमार सेन्चुरीले उदघाटन गर्दै यस्ता खेलले खेलाडीहरुलाई फाईदा पुग्ने बताए ।

मैत्रीपुर्ण खेलका संयोजक एबं रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जिल्लाका बाल खेलाडीहरुले प्रतिभा देखाउने अबसर प्राप्त गरेको र बिदेशी क्लका खेलाडी संग प्रतिष्पर्धा गर्दा अनुभब समेत प्राप्त हुने भएकाले यो मैत्रीपुर्ण खेलको महत्व रहेको जनाए । मैत्रीपुर्ण खेल सोमबार सम्म सञ्चालन हुनेछ । सो क्रममा उनिहले लुम्बिनीको अवलोकन भ्रमण समेत गर्नेछन् ।

आफनो क्रिकेट क्लबमा रहेका बिभिन्न उमेर समुहका टिमलाई लिएर प्रत्येक बर्ष बिभिन्न देशमा गएर मैत्रीपूर्ण क्रिकेट खेल्दै आएको डेजर्टले यस बर्ष नेपाललाई आफनो गन्तब्य बनाएको हो । एक साता ब्यापी कार्यक्रममा टिमले काठमाण्डौमा पनि २ खेल खेल्ने जनाएको छ ।