कृष्णउदास खनाल, वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार बिहान अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अबैध मरिच सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं.१६ ईनर्वा स्थित पुग्दा सुचना अनुसार ना २ ख ९८०२ नं. को ट्रकमा तीन हजार के.जी (१ सय २० बोरा) अबैध मरिच बीरगन्जबाट भारततर्फ जादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका थिए ।
प्रहरी टोलीलाई देख्न साथ ट्रकमा लोड रहेको मरिच सोही स्थानमा छाडी तस्कर फरार भएको र अबैध मरिच सहित उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगन्ज भंसार कार्यालयमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।











प्रतिक्रिया