रेडक्रसको स्थानीय योजना र क्षमता विकास कार्यक्रम चितवनमा


न्युज अफ नेपाल, गैँडाकोट ।
चितवन रेडक्रस शाखा र उपशाखाका नेतृत्व एकै ठाउँमा जम्मा भै आगामी ५ बर्षको लागि जिल्ला स्तरीय सेवा योजना र रेडक्रसको संस्थागत क्षमता वृद्धिको लागि खाका तयार गरेका छन् । खाकामा बाढी, आगलागी, बन्यजन्तुको आक्रमण, पहिरो, सडक दुर्घटना, शीतलहर जस्ता समस्या र प्रकोपहरुमा प्रभावितलाइ योजनाबद्ध सहयोग गर्ने तथा रक्तसञ्चार सेवालाइ थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।

जिल्लाका ३० वटा उपशाखा र ४ वटा सहयोग समितिका ४४ जना सहभागीले कार्यक्रमको पहिलो २ दिन समुहगत छलफल गरी यो निश्कर्षमा पुगिएको शाखाका मन्त्री हरि पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ः यस्तै लैंगिक हिँसा घटाउने, युवा र महिला सहभागिता वढाउने तथा समावेशीकरण, सहिष्णुता अभिबृद्धिमार्फत् सामाजिक सद्भाव अभिबृद्धि गर्ने जस्ता बिषय समेत समेटिने छ ।

पौष २ गते देखि सञ्चालित ४ दिने कार्यक्रम आज ५ गते सम्पन्न भएको हो । सुभारम्भ र समापन कार्यक्रमको सभापतित्व चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रमको पछिल्ला २ दिनमा संस्थागत क्षमता विकास, उपशाखाको कार्यक्षेत्र विभाजन, सुरक्षित पहुँच र रेडक्रस चिन्हको सम्मान अभिवृद्धि जस्ता विषयमा सहभागीले छलफल गर्नुभएको र स्थानीय स्रोत परिचालन गर्दै समुदायको संलग्नता वढाउने तथा मानवीय पीडा कम गर्ने शाखाले लक्ष्य निर्धारण गरेको सहजीकरणको लागि केन्द्रीय कार्यालयबाट पुग्नुभएका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा उद्घाटन सम्बोधन गर्दै नेरेसोका उप महामन्त्री हरि प्रसाद न्यौपानेले भन्नु भयोः मुलुकका स्थानीय तहहरु सबल भएको परिस्थितिमा अबको रेडक्रसको काम उपशाखाले नै अगाडि बढाउनु पर्छ । कार्यक्रमको समुद्घाटन र समीक्षाको क्रममा नवलपरासी सुस्ता पूर्व शाखाका सभापति मदनभक्त अधिकारी, रेडक्रस प्रदेश ४ का सदस्य केशव सापकोटाको पनि समुपस्थिति रहेको थियो ।

जिल्ला रेडक्रसका मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउन, योजना र प्रतिवेदनलाई संस्थागत गर्न दोस्रो चरणको समुदाय सहयोग ९कोर्ड० कार्यक्रम अन्तरर्गत कार्यक्रम आयोजना गरिएको हो ।

केन्द्रीय कार्यालयबाट योजना शाखाका उपनिर्देशक तारादेवी गुरुड र जनार्दन पोखरेल, संगठन विभागका वरिष्ठ अधिकृत नारायण लामिछाने, कार्यक्रम अधिकृत उत्तमनाथ शर्माले सहजीकरण गर्नुभएको चितवन शाखाका परामर्शदाता जगन्नाथ न्यौपानेले जानकारी दिनुभयो ।