न्युज अफ नेपाल काठमाडौ ।
काठमाडौ महानगरपालीका वडा नं १७ क्वाबहाल, ठमेलमार्ग निवासी डा. गौतम महर्जन त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा व्यवस्थापन विषयको विद्यावारिधि उपाधिद्वारा विभुषित हुनु भएको छ ।

डा. महर्जनले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबाट “नेपालको भन्सार राजश्वका निर्धारक तत्वहरू (Determinants of Customs Revenue in Nepal)” शीर्षकमा विद्यावारिधि हासिल गर्नु भएको थियो ।
उहाँले नेपालमा भन्सार राजश्वको महत्व, भन्सार महशुल संकलनमा कठीनाइ, यसका निर्धारक तत्वहरू तथा सुधारका उपायहरू बारेमा विश्लेषण गर्ने उद्धेश्य राखी गरिएको अध्ययनको निचोडहरू परिकल्पना गरेनुसार भएको र यसले सुधारका धेरै सम्भावना रहेको तथ्य औंल्याउनुभएको थियो ।
व्यवस्थित राजश्व संकलन विना कुनै पनि देशको अर्थतन्त्र बलियो हुंदैन । नेपाल जस्तो विकासोन्मुख देशमा त झन भन्सार राजश्वको अत्यन्त महत्व रहेको छ । भन्सार राजश्वको व्यवस्थापन जस्तो महत्वपूर्ण विषयमा अध्ययन अनुसन्धान गरी डा. महर्जनले विद्यावारिधिको अध्ययन पुरा गर्नु भएको थियो ।
उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक यूथ लगायतका क्याम्पसहरूमा कर राजश्व, लेखाशास्त्र तथा व्यवसायिक अनुसन्धान पद्धति विषयहरूको प्राध्यापन गर्दै आउनु भएको छ ।











प्रतिक्रिया