मुटुरोग विशेषज्ञ डा. भट्ट विज्ञान पुरस्कारबाट सम्मानित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नर्भिक इन्टरनेसनल हस्पिटलका मुुटुरोग विभागका प्रमुख प्राडा. यादवकुमार देव भट्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित ‘विज्ञान पुरस्कारवाट सम्मानित हुनुभएको छ।

मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (बिना चिरफार गरिने मुटुरोग उपचार) प्रविधिको शुरुआत विकास र प्रवद्र्धनमार्फत् नेपालीको मुटुरोग उपचारमा उल्लेख्य योगदान पुर्याएबापतप्राडा. भट्टलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले जनाएको छ।

प्राडा भट्ट नेपालकै वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहन्छ। उहाँले चिकित्सा शास्त्रमा स्नातोकोत्तर गरेलगत्तै भारतको चन्डीगडस्थित ‘पोस्ट ग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकसन एन्ड रिसर्च’ बाट इन्टरनल मेडिसिनमा एमडी हासिल गर्नुभएको हो।

यसअघि सन् २००० मा सोही इन्स्टिच्युटबाट मुटुरोग उपचारमा विशेषज्ञतासहितको उपाधि डीएम हासिल गर्नुभएलगत्तै भारतको प्रसिद्ध एस्कर्टस् हार्ट इन्सिटच्युटमा इन्टरभेन्सनल मुटुरोग उपचारमा दुई वर्षे गहन तालिम लिई उहाँ सन् २००३ मा भारतकै नेसनल बोर्ड अफ एक्जामिनसन्, नयाँ दिल्लीबाट इन्टरभेन्सनल कार्डियोलोजीमा डीएनबी (डिप्लोम्याट अफ नेसनल वोर्ड)को उपाधिबाट सम्मानित हुनुभएको थियो।

सन् २००३ मा नेपाल फर्किएर शहीद गङ्गालाल नेसनल ह्दय रोग केन्द्रमा आबद्ध हँुदै त्यस संस्थामार्फत् नेपालमा मुटुरोगको उपचारमा सरकारी÷सार्वजनिक क्षेत्रमार्फत् मुटुरोगको उपचारमा इन्टरभेन्सनल प्रविधिको शुरुआत गर्नुभएको थियो।

हाल नेपालमा विद्यमान इन्टरभेन्सनल प्रविधिमध्ये सबैेमा अग्रणी रहेका प्राडा. भट्टले हालसम्म ५ हजारभन्दा बढी कोरोनरी एन्जियाग्राफीहरू, ३ हजार भन्दाबढी कोरोनरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण, १ हजारभन्दा बढी माइट्रल, एओर्टिक एवं पल्मोनरी भल्भोटोमी, पेसमेकर जडान, एएसडी, पीडीए डिभाइस क्लोजरलगायत अन्य थुप्रै इन्टरभेन्सनल प्रक्रिया अत्यन्तै सफलताका साथ सम्पन्न गरिसकेको बताउनुहुन्छ।