मुक्तिनाथ विकास बैंकको सञ्चालकहरूद्वारा सपथ


मुक्तिनाथ विकास बैंक लि.को १३औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ। साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रवीन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीका तर्फबाट निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो।

बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहनु भएका ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ। समितिका अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ। साथै अन्य नवनिर्वाचित सञ्चालकलाई समितिका अध्यक्ष श्री भरतराज ढकालले सपथ ग्रहण गराउनु भएको छ।