सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी सेभिङ प्लस खाता’ योजना


सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सेञ्चुरी सेभिङ प्लस एकाउन्टको शुरूवात गरेको छ। यस खातामा ५० हजार न्यूनतम मौज्दातमा ६ दशमलव ५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुतmानी हुने बैंकले जनाएको छ।

१० लाखसम्मको प्राणघातक रोग/दुर्घटना र दीर्घकालीन अशक्तताको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार खातावालाले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन। साथै निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ र कर्जा सुविधामा विशेष छुट समेत दिइने बैंकले जनाएको छ।