सानिमा बैंकको ‘सानिमा प्रथम घर कर्जा’


सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को विशेष कर्जा सुविधा योजना ल्याएको छ। यो सुविधाअन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम सय प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ।

‘सानिमा प्रथम घर कर्जा’ योजनाअन्र्तगत ऋणिका लागि अधिकतम् लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ।

साथै ऋणिलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न ‘सानिमा प्रथम घर कर्जा’ अन्र्तगत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको शुरुवात समयको लागि यथावत राखिने छ। आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले सानिमा प्रथम घर कर्जा को आकर्षक फाइदा तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन्।